१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

११ वटा बिधेयक पारित गरी गण्डकी प्रदेश सभाको वर्षे अधिवेशन सकियो



कास्की । गण्डकी प्रदेशको छैटौं अधिवेशनको २६औं बैठकमा बिभिन्न निर्णयसँगै यस बर्षको बर्षे अधिवेसन पनि अन्त्य गरिएको छ ।

सभामुख कृष्णप्रसाद धितालले २६औं बैठक समापनसँगै बर्षे अधिवेसन गएराती १२ बजेदेखी अन्त्यका लागी प्रदेश प्रमुखले सभामा जानकारी पठाइएकाकले भएकोले अब हिउँदे अधिवेशनसम्मका लागी अन्त्य भएको घोषणा गरिएको हो ।

बैठकमा मुख्य मन्त्री सुरेन्द्र राज पाण्डेले अहिलेसम्म भएका २६ बैठकमा ११ वटा बिधेयक पारित भई कार्यान्वयनका क्रममा रहेका र केही बिधेयक टेबुल भएको जानकारी गराउँदै प्रदेश सरकारले बर्षादका बेला प्रदेशका बिभिन्न ठाउँमा बाढी पहिरोका कारण ठुलो धनजनको क्षति भएकोले पीडितहरुको उचित ब्यबस्थापन भैरहेको जानकारी गराए।

बैठकमा बिशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरुले गण्डकी प्रदेशमा अब बिकास निर्माण र जनताको अपेक्षा पुरा गर्न मन्त्रीलगाएत प्रदेश सदस्य तथा स्थानिय नागरीकहरुको सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

त्यसैगरी बैठकमा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बश्याल, स्वास्थ मन्त्री कृष्ण प्रसाद पाठक र यातयात मन्त्री प्रकाश बहादुर केसीले मन्त्रालयबाट भएगरेका कामको प्रगतीका बारेमा संसदमा जानकारी गराए ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  १० : ५५ बजे