८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

डेंगी संक्रमित बढ्दै, संक्रमितको संङया १३ हजारनजिक



काठमाडौं । जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १३ हजारनजिक पुगेको छ । २३ सेप्टेम्बरसम्म १२ हजार ६४४ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । सेप्टेम्बरका २३ दिनमा ९१ देखि २३ सम्म० मात्रै पाँच हजार ७८० जना संक्रमित थपिएका छन् ।

संक्रमित धेरै हुनेमा काठमाडौं तेस्रो स्थानमा छ । एक हजारभन्दा बढी संक्रमित भएका जिल्लाको पहिलो नम्बरमा कास्की एक हजार ९०३, दोस्रोमा तनहुँ एक हजार ६४५, तेस्रोमा काठमाडौं एक हजार ५४० र चौथोमा पर्वत एक हजार ११० छन् ।

यीबाहेक अन्य जिल्लामा संक्रमितको संख्या एक हजारभन्दा कम छ । यो वर्ष हुम्लाबाहेकका ७६ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ०३ बजे