२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

अरुण तेस्रोको डाइभर्सन टनेल भरियो, तटीय क्षेत्र जोखिममा



सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको अस्थायी ड्याम (डाइभर्सन टनेल) भरिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ ।

लगातार पानी परेपछि अरुण नदीमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल भरिएपछि प्रशासनले सर्तक रहन आग्रह गरेको छ ।

मकालु गाउँपालिका(५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल भरिएको र पानीको सतह बढेपछि तटीय क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार अरुण तेस्रो जलविद्युत परियोजनाको डाइभर्सन टनेल भरिएर पानीको सतह बढेका कारण अरुण नदीको तटीय क्षेत्रमा जोखिम बढेको हो ।

माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेको कारण अरुण नदीमा पानीको सतह बढेपछि अरुण नदी किनार आसपासका बस्तीमा जोखिम बढेको हो ।

डाइभर्सन टनेलबाट भरिएका कारण अरुण नदी आसपासका तटीय क्षेत्रमा जोखिम बढेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेका कारण तटीय क्षेत्रमा जोखिम बढेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तटीय क्षेत्रमा जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालयले सर्तक रहन आग्रह गरेको हो ।

२६ मिटर अग्लो बाँधमा पानी भरिएर करिब तीन किलोमिटरसम्म ताल बनेको छ ।

अरुण नदीलाई बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो डाइभर्सन टनेलमार्फत अरुण नदी मोडिएको थियो ।आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाइभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ३३ बजे