११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

सुनको मुल्यमा गिरावट, आज तोलाको कति ?



काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ घटेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ११ : ४६ बजे