काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालयको नँया भवन बन्ने भएको छ । च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले नयाँ भवन बनाउने निर्णय गरेको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको हो।
२०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौँ महानगरपालिको १४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको थियो । त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनमा बस्दै आएको छ ।
च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रूपमा भवन निर्माण गर्ने निर्णय हो ।
शुक्रबार कीर्तिपुर नगरपालिका-२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास भएको हो ।