११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

नेप्से २७४५ विन्दुमा, कारोबार रकम पनि बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । आज नेप्से २.४७ अंकले बढेर २७४५.३६ विन्दुमा बन्द भएको छ ।

यसदिन कारोबार रकम डेढ अर्बले बढेको छ । सात अर्ब १९ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ । बुधबार पाँच अर्ब ६६ करोड दुई लाख रुपैयाँको सेयर कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार एक अर्ब ५३ करोड २५ लाख रुपैयाँले बढेको हो ।

आज ८९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

गुडविल फाइनान्सको सेयर मूल्य ७।६३ प्रतिशतले वृद्धि भएको छ । कुमारी बैंकको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो बैंकको ३३ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहिबार  ४ : ३७ बजे