१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ: अध्यक्ष ढकाल



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्नेमा जोड दिएका छन्।

उनले नेपाली कांग्रेसले आयोजना गरेको शुक्रबारको कार्यक्रममा यो धारणा राखेका हुन्।

सुधारको पहिलो सन्देश भनेको सबै राजनीतिक दलहरूले उद्यमी र व्यवसायीलाई प्रोत्साहन र समर्थन दिनु भएको ढकालले बताए।

सम्पत्ति निर्माण नगरी कुनै व्यक्ति, समाज वा देश धनी बन्न नसक्ने भन्दै ढकालले कुनै ठाउँमा यदि बदमासी भए त्यसलाई नियन्त्रण गर्न सकिने तर समग्र निजी क्षेत्रको मानमर्दन गर्नुको साटो सम्मान गर्नुपर्ने बताए। व्यवसाय दर्ता, नवीकरण र राजस्व बुझाउने प्रक्रियामा एकीकृत प्रणाली ल्याउनुपर्नेमा उनले जोड दिए।

अध्यक्ष ढकालले साना उद्यमीलाई परियोजना धितोमा कर्जा दिनुपर्ने आवश्यकता औंल्याएको बताए। यसको लागि महासंघले जोखिम न्यूनीकरणको योजना बनाइसकेको र प्रतिवेदन सरकारलाई बुझाइसकेको बताए।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  २ : ५३ बजे