काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ ।
आइतबार आयोगका सहसचिव एमव् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारी साधन सञ्चालन गरेको पाइए २५ हजार रुपियाँ जरिवाना तोकिएको जानकारी दिए ।
निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २५९१० मा निर्वाचन प्रचारको सिलसिलामा राजनीतिक दल तथा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले आयोगले तोकेको सङ्ख्याभन्दा बढी र आयोग वा निर्वाचन अधिकृतले अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गर्न वा गराउन हुँदैन भन्ने प्रावधान रहेको प्रवक्ता अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस विपरीतको कार्य गर्नेलाई आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले २५ हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने र जरिवाना गर्ने अधिकारीले त्यसरी प्रयोग भएको सवारी साधन निर्वाचन अवधिभरका लागि कब्जामा लिन सक्ने कानुनी व्यवस्था भएको उनको भनाइ छ ।
यसैबिच आयोगले सवारी साधनमा लाउडस्पिकर समेत प्रयोग गरी निर्वाचन प्रचारप्रसारका कार्य भइरहेको भन्ने सूचना आएको भन्दै यस्ता सवारी साधन कब्जामा लिइ आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको पनि उनले बताए । साथै आचारसंहिता विपरित हुने यस प्रकारका कार्य नगर्नु हुन सम्बन्धित सबैमा पुनः आयोगले स्मरण गराएको छ ।





