१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नेपाललाई श्रीलङ्काले दियो २३४ रनको लक्ष्य



काठमाडौँ । यू–१९ एसियाकप-२०२४ अन्तर्गत श्रीलङ्काले नेपाललाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि शुरु भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्कालो ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन जोडेको छ ।

नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन दिएर ४ विकेट लिए । त्यस्तै युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले १-१ विकेट लिए ।

युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा सुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले आफ्नो दोस्रो खेल यही मङ्सिर १६ गते बङ्गलादेशसँग र तेस्रो खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  २ : ३८ बजे