काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत मतदान जारी छ ।
काठमाडौं महानगरपालिका–१६, कीर्तिपुर नगरपालिकासहित सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार दिउँसो १ बजेसम्म समग्रमा ४५ प्रतिशत मत खसेको आयोगले जनाएको छ । बिहान ७ बजेदेखि सुरु मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ ।स्थानीय तहका रिक्त ४१ पदमा जनप्रतिनिधि चयनका निम्ति मतदान भइरहेको हो ।





