काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनले दुईदलीय व्यवस्थातिर लैजाने सत्तारूढ दलका नेताहरूको सोच खण्डित गरेको निष्कर्ष निकालेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले उपनिर्वाचनको समीक्षा गर्दै त्यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी भने “कांग्रेस–एमालेले दुईदलीय व्यवस्थातिर लैजाने सोच, तयारी गरेका थिए । चुनावी नतिजाले त्यसलाई खण्डित गरेको छ,” ।
उनले स्थानीय तहको उपनिर्वाचनमा उत्साहपूर्ण नतिजा आएको बताए ।





