२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

लेखा समिति सभापतिका स्वकीय सचिव ठगी आरोपमा पदबाट निष्कासन, सभापतिमाथि कारबाही हुँदैन?



काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेल ठगीको आरोप लागेपछि निलम्बनमा परेका छन् । पोखरेलविरुद्ध ठगी आरोप लागेको बिषय सार्वजनिक भएपछि सभापति पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका हुन् ।

अनिल कुमारले एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । यता मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरण सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाकमाथि पक्राउ पुर्जी जारी भएतापनि उनी पदमा आसिन हुनुलाई समेत सार्वजनिक रुपमा प्रश्न उठाइएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १२ : ५५ बजे