काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०८०र०८१ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गरेका हुन् ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले सरकारी मुद्दाको अनुसन्धान, अभियोजन, बहस, पैरवी र प्रतिरक्षालगायत काम अझ वैज्ञानिक, प्रभावकारी र तथ्यपरक हुनुपर्ने बताए । उनले मुद्दाको सफलताको प्रतिशत अझ बढाउन सके कानूनी शासनको बढोत्तरी तथा फौजदारी न्याय प्रशासन प्रभावकारी हुने उल्लेख गरे ।
मुद्दाको सफलताको प्रतिशत बढाउनभन्दा पनि पीडितले न्याय पाएरनपाएको वा पीडितमैत्री भएरनभएको विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ । उनले कसुरदारलाई सजाय दिने तर्फमात्र नभई पीडितले क्षतिपूर्तिसहितको न्याय पाउने विषयको सुनिश्चित गर्ने विषयसमेत महान्यायाधिवक्ताको जिम्मवारी भएको बताए ।