९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन



काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्षका लागि १२ जनाको आवेदन परेको छ। आवेदन दिने अन्तिम आज साझसम्म १२ जनाको आवेदन परेको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

यसरी आवेदन दिनेहरूमा कमल प्रसाद रेग्मी, डा.देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईँ, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।

प्राधिकरणको अध्यक्षका लागि गत २६ गते प्राधिकरणले १५ दिनको समय दिएर आवेदन आह्वान गरेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १२ : २७ बजे