काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।





