१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

कार्य सम्पादन मूल्याकंनको आधारमा बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त



काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । कार्य सम्पादन मूल्याकंनमा आधारमा सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।

कार्यकारी निर्देशकका लागि सुवेदीसँगै अन्य दुई निर्देशकहरु कमलराज रेग्मी र पुजन ढुंगेल पनि प्रतिस्पर्धामा थिए ।

राजु रमण पौडेलको अवकाशपछि प्राधिकरणमा कार्यकारी निर्देशक पद रिक्त थियो ।

बीमा प्राधिकरणमा कार्यरत रहेका तीन जना निर्देशकहरु कमलराज रेग्मी, सुशिल सुवेदी र पुजन ढुंगेल प्रतिस्पर्धा भएको थियो । यता अध्यक्ष नियुक्ति प्रक्रिया समेत अघि बढेको छ । अध्यक्ष पदमा पदपूर्तिका लागि नेपाल सरकार मन्त्रिपरिषदले छनौट समिति गठन गरेर अघि बढाएको छ ।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ११ बजे