९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

रविमाथि सरकारकाे प्रतिशोधलाई संसद्को समर्थन : डीपी अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,”राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साध्यो, सार्वभौम संसद्ले पनि सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ’ उनले भने । “

बैठकमा उनले सरकारले यसको मूल्य चुकाउनुपर्ने चेतावनी समेत दिए । उनले भने, “एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदसम्मको प्रतिशोधको मूल्य यो सरकारले पक्कै पनि चुकाउनुपर्नेछ ।”

उनले लामिछानेको सांसद पद निलम्बनको फुकुवा गर्न सभामुख देवराज घिमिरेसँग आग्रह गरे ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  २ : २७ बजे