काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकको आह्वान गरेका छन् । साँझ ५ बजे बालुवाटारमा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
राष्ट्रियसभामा बहुमत नपुग्दा सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ पेश हुन सकेको छैन ।
गएको माघ १८ गते ६ वटा अध्यादेश सदनमा पेश भएको थियो ।





