काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । मंगलबार एक लाख ७० हजार २०० रुपैयाँ प्रतितोलामा सुनको कारोबार भएको थियो ।
बुधबार दुई हजार ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ ।





