१६ असार २०८३, मंगलबार | Tue Jun 30 2026

कृषि बिकास बैंकको एक महिने अफर, ७.१० प्रतिशत ब्याजदरमा जुनसुकै कर्जा पाइने



काठमाडौँ । कृषि बिकास बैंकले एक महिनाको लागि कर्जाको नँया अफर सार्वजनिक गरेको छ । फागुन महिनाभर जुनसुकै कर्जा लिने ग्राहकरुलाई केन्द्रमा राखेर बैंकले कर्जाको नँया ब्याजदर सार्वजनिक गरेको हो । ७.१० प्रतिशत ब्याजदर कायम गरिएको बैंकको यो अफर लिन आग्रहहरुले फागुन मसान्तसम्म कर्जाको निवेदन दिने सक्नेछन्। सीमित अवधिको लागि सार्वजनिक गरिएको कर्जा अफरको सेवा लिन ग्राहकहरुले बैंकका देशभरका शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् ।

बैंकले शैक्षिक कर्जा, सवारी कर्जा,कृषि कर्जा, घर कर्जाजस्ता सेवा दिँदै आएको छ । जसमध्ये बैंकले प्रवाहा गरेको कर्जा मध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा समेटिको छ । बैंकका ७७ जिल्लामा २१ लाख भन्दा बढी निक्षेपकर्ता रहेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  १० : ३९ बजे