१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सन नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डेपुटी सीईओमा कवि फुयाल नियुक्त



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सिनियर डेपुटी सीईओमा कवि फुयाल नियुक्त भएका छन् । बिहिबार फुयाल कम्पनीको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रुपमा नियुक्त भएका हुन् । नवनियुक्त डेपुटी सीईओ फुयालले आजै औपचारिक रुपमा केन्द्रीय कार्यालयमा पद बहाली समेत गरेका छन् ।

फुयालले यसअघि आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रुपमा काम गरेका थिए । दशक लामो इन्स्योरेन्स क्षेत्रमा काम गरेको अनुभव रहेका फुयालले कम्पनीलाई थप उचाईमा पुर्‍याउने सञ्चालक समितिले बिश्वास गरेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ९ : ४१ बजे