८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

अण्डाको मूल्य बढ्यो



चितवन । मंगलबारदसखी नै लागु हुने गरी अण्डाको मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

मूल्य बढेसँगै अब मध्यम अण्डा प्रतिक्रेट ९३० वटा० को रु तीन सय ९०, ठूलो अण्डा रु चार सय १० र एक्स–एल अण्डा प्रतिक्रेटको मूल्य रु चार सय २५ पुगेको छ ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट रु तीन सय ५०, ठूलो अण्डा रु तीन सय ७० र एक्स–एल अण्डा प्रतिक्रेट रु तीन सय ८५ रहेको थियो । यो फार्म मूल्य हो ।

बजारमा अण्डाको माग बढेको र लागतसमेत बढी रहेकाले मूल्य बढाउनुपरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : १५ बजे