१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नेपाल बिमा प्राधिकरण अध्यक्षमा पूर्व पत्रकार शरद ओझा नियुक्त



काठमाडौं । बिमा कम्पनीहरुको नियामक निकाय नेपाल बिमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्ष पदका लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

ओझा पुर्व सञ्चारकर्मी समेत हुन् । नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका ओझा नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रका संस्थाका लागि विज्ञका रूपमा काम गरिसकेका छन् । उनले लामो समयदेखी बिभिन्न मिडिया हाउसमा आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चारमाध्यममा काम गरेका छन् । उनी यस अघि क्लिकमान्डु डटकमको ब्यवस्थापकीय जिम्मेवारीमा रहेका थिए । अध्यक्षको कार्यकाल ४ बर्षको हुने ब्यवस्था रहेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : १२ बजे