९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

टीकाथलीमा बोरिङ खन्दा निस्कियो आगोको ज्वाला



काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथलीमा पानीका निम्ति बोरिङ खन्ने क्रममा आगोको ज्वाला निस्किएको छ । मंगलबार ९फागुन २०० टीकाथलीको गोदावरी खोलानजिक खानेपानीको बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो बलेको हो ।

बोरिङ खन्ने क्रममा एक्कासि आगोको मुस्लोसहितको ग्यास निस्किएपछि स्थानीय त्रसित भएका छन् । आगोको ज्वालापछि बोरिङ खन्ने काम रोकिएको छ ।

पानीका निम्ति बोरिङ खन्ने क्रममा ग्यास निस्केर आगो बलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

महालक्ष्मी नगरपालिकाका केही स्थानमा यसअघि पनि इनार र बोरिङ खन्ने क्रममा ग्यास निस्किएको थियो । अहिले यो आगो निस्किएको भिडियो भाइरल भइरहेको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  १२ : ३० बजे