६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै



काठमाडौँ । राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दैछ।

कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बताइएको छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुनेछ। त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १० : ३० बजे