१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा अघिल्लो बैठकको निर्णय, पार्टी गतिविधि, सदस्यहरूको संक्षिप्त रिपोर्टिङ र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

साथै महाधिवेशन कार्य विवरण सम्बन्धमा, विशेष रिपोर्टिङ ९जन यात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरशिप एकेडेमी, प्रशिक्षण, सङ्गठन सबलीकरणबारे छलफल हुने छ । यता पार्टीका सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  २ : २३ बजे