२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

शिक्षक महासंघ र सरकारबीच दिउँसो २ बजे बार्ता हुने



काठमाडौं । सरकार र आन्दोलनरत शिक्षक महासंघ बिचमा आज दिउँसो बैठक बस्दैछ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगे पछि आज दिउँसो २ः०० बजेवाट पुनः बार्ता हुन लागेको हो । सो बार्ता शिक्षा मन्त्रालयमा हुनेछ ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ ।

दोस्रो चरणमा भने संसदवाट बिधेयक पारित गराउने सर्तमा आज मन्त्रालयमा पुनः बार्ता हुन लागेको हो । यद्दपी, बार्ता जारी रहे पनि काठमाडौं केन्द्रित आन्दोलन भने बिहान ११ः०० बजे देखी नयाँ बानेश्वर–माइतीघर खण्डमा जारी रहेको अध्यक्ष लक्ष्मी किशोर सुबेदीले जानकारी दिए । मंगलबारको बार्तापछि शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक भएको संकेत गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार  १२ : ०१ बजे