१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

रास्वपा केन्द्रीय समिति बैठक बस्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आइतबार ९आज० दिउँसो २ बजेका लागि बोलाइएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने जनाइएको छ । शुक्रबार सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेलाई रिहा गर्न अस्वीकार गर्दै उच्च अदालत तुलसीपुरको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा। नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलाशले यस्तो आदेश सदर गरेको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १० : २५ बजे