१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

गृहमन्त्रीले राजीनामा दिनुपर्छ : माओवादी



काठमाडौं । नेकपा ९माओवादी केन्द्र०ले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिनको लागि गृहमन्त्री राजीनामा दिनुपर्ने बताएको हो ।

सोमबार बिहान बसेको पदाधिकारी बैठकले निष्पक्ष अनुसन्धानका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने प्रवक्ता अग्नि सापकोटाले बताए । “पावर प्रयोग हुन नपाओस् । स्वतन्त्र, निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्छ भन्ने पार्टीले निष्कर्ष निकालेको छ,” उनले भने ।

गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने उनले बताए । “जति ढिला भयो उति साख गिर्दै जान्छ भन्ने हाम्रो निष्कर्ष हो,” सापकोटाले भने ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १२ : ३२ बजे