१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

आफ्नो चीन भ्रमण राम्रो भएको पूर्वराष्ट्रपति भण्डारीको दाबी



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण सफल भएको बताएकी छन् । उनी जेठ १० गते नेकपा ९एमाले०का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी गएकी भण्डारी आज स्वदेश फर्किएकी छन् ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् । उनी उद्योगमन्त्री दामोदर भण्डारीलाई भ्रमणबारे बोल्ने जिम्मेवारी सुम्पिएर बाहिरिइन् ।

“मेरो चीन भ्रमण राम्रो भयो । माननीय दामोदर भण्डारीले सबै कुरा गर्नुहुन्छ,” उनले भनिन् ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १२ : ४७ बजे