२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

अर्थ समितिमा गर्भनर पौडेलले भने- मौद्रिक नीतिमा साना ऋणी र व्यवसायीलाई प्राथमिकता



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले राष्ट्र बैकले ल्याउने मौद्रिक नीतिमा साना ऋणी र पछाडि परेका व्यवसायीलाई प्राथमिकतामा राख्ने बताएका ।

अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूको प्रश्नमा गभर्नर डा.पौडेलले नागरिकको पुँजीको सुरक्षा र वैदेशिक लगानीका लागि सहज वातावरण बनाउने कार्यमा राष्ट्र बैकले काम सुरु गरेको जानकारी दिए ।

उहाँले बैक तथा वित्तीय संस्थाको ऋण प्रवाह हुँदादेखि स्वार्थ समूहले उठाउन सक्ने गलत फाइदालाई नियन्त्रण गर्न बाफिया विधेयक बनाउँदा संसदले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

उनले कर्जा प्रवाह र ऋणीको अधिकारलाई सुरक्षित गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैकले अध्ययन गरिरहेको समिति समक्ष जानकारी गराए ।

समिति सदस्यहरुले अर्थतन्त्रलाई चलायमान बनाउन, सुलभ ब्याजदरमा ऋण प्रवाह गर्न, साना र संसदीय उद्योगलाई प्राथमिकतामा राख्न र स्वार्थका आधारमा ऋण प्रवाह गर्ने परिपाटीको अन्त्य गर्न राष्ट्र बैकले कदम चाल्नु पर्ने धारणा राखे ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  २ : ४५ बजे