२४ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

विश्व वातावरण दिवसका अवसरमा कृषि विकास बैंकद्धारा बृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाडौँ । आज विश्व वातावरण दिवस, वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यले बिभिन्न जनचेतनामुलक कार्यक्रम गरि मनाइएको छ । वातावरण संरक्षणको लागि जागरूकता ल्याउन प्रोत्साहित गर्ने उदेश्य सहित नेपालमा पनि बिभिन्न चेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइएको छ । सोही अवसरमा कृषि विकास बैंक लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । ७ प्रदेश अन्र्तगत ७७ वटै जिल्लामा रहेका बैंकका प्रदेश तथा शाखाहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । यस अन्तर्गत बैंकको मुख्य कार्यालयले काठमाण्डौ महानगरपालिका वडा नं. १६ स्थित समर्पणवस्ती सुधार समितिसँग समन्वय गरी सो क्षेत्रमा विभिन्न जातका बोट विरुवाहरु रोपी वृक्षारोपण कार्य सम्पन्न गरेको छ । कार्यक्रममा बैंकका उप–महाप्रबन्धकहरु प्रताप सुवेदी,यज्ञ प्रकाश न्यौपाने र सुदिप कुमार दाहाल, विभागीय प्रमुख सरीता दाहाल, वरिष्ठ शाखा प्रमुखद्धय धुर्व पौडेल र प्रकाश अर्याल, कर्जा सहायक सन्देश भण्डारी, समर्पणबस्ती सुधार समितिका अध्यक्ष टुकनाथ ढकाल लगायतको उपस्थिती रहेको थियो । वृक्षारोपण कार्यक्रममा वर, पिपल, समी, आँप, लिची, पेन धुपी, मयुर धुपी लगायतका विरुवाहरु रोपिएको थियो ।

यस वर्ष संयुक्त राष्ट्रसंघले तय गरेको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई हराउनुहोस्’ रहेको छ । नेपाल सरकारले ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारा तय गरेको छ । विश्व वातावरण दिवस २०२५ को विषयवस्तु प्लाष्टिक प्रदूषण अन्त्यमा केन्द्रित रहेको छ । पृथ्वी, वातावरण र पर्यावरणको संरक्षण, सन्तुलन र दिगो व्यवस्थापनका लागि प्लाष्टिकजन्य वस्तुको उत्पादन र उपभोगलाई न्यूनीकरण गर्दै नियन्त्रण गर्नका लागि सरकारलगायत बिभिन्न निकायहरुले दिवसका अवसरमा बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १ : २५ बजे