१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख नजिक !



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज (साउन २० गते) सुन एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, गएको वैशाख ९ गतेको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । त्यसदिन सुन प्रतितोला एक लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा आज सुन १९ सय रुपैयाँले बढेको हो । सोमबार एक लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँ बढेर प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : २९ बजे