३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

विद्युत् प्राधिकरणको एक बर्षको आम्दानी एक खर्ब ३८ अर्ब भन्दा माथि



काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८१र८२ मा एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गरेको छ।

प्राधिकरणले केवल विद्युत् बिक्रीबाटै एक खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो। यसमध्ये १७ अर्ब ४७ करोड १० लाख रुपैयाँ भारततर्फ निर्यात गरिएको विद्युत् बिक्रीबाट आएको प्राधिकरणले जनाएको छ। यो अघिल्लो आर्थिक वर्ष २०८०र८१ को तुलनामा ८।४६ प्रतिशतले वृद्धि हो।

उता, सोही अवधिमा प्राधिकरणको खर्च एक खर्ब २९ अर्ब ८१ करोड पुगेको छ। संचालन खर्च मात्रै १०।१५ प्रतिशतले बढ्दै ९७ अर्ब ७८ करोड ७० लाख पुगेको छ।

विद्युत् खरिदतर्फको खर्च ११।७३ प्रतिशत बढेर ७७ अर्ब १० करोड पुगेको छ भने उत्पादनमा दुई अर्ब सात करोड, प्रसारणमा तीन अर्ब २४ करोड, वितरणमा १२ अर्ब २२ करोड र रोयल्टीतर्फ एक अर्ब ८४ करोड खर्च भएको छ। व्याज, ह्रासकट्टी र विनिमय नोक्सानीसमेत जोड्दा कुल खर्च एक खर्ब २९ अर्ब ८१ करोड पुगेको हो।

आर्थिक वर्ष २०८१र८२ मा कर अघिको नाफा नौ अर्ब ६ करोड ७० लाख रुपैयाँ मात्र कायम भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३७।३२ प्रतिशत कम हो।

प्रकाशित मिति : १ भदौ २०८२, आइतबार  ३ : ५१ बजे