काठमाडौँ । राष्ट्रिय महिला फूटबल टोलीकी कप्तान सावित्रा भण्डारीलाई कृषि विकास बैंक लिमिटेडले पुन ब्रान्ड एम्बेसडरमा नियुक्ति गरेको छ। शुक्रबार साझ एक कार्यक्रमको आयोजना गरि साम्बालाई पुन एक वर्ष अवधिका लागि सद्भावनादूत नियुक्त गरेको हो। सम्झौता पत्रमा बैंकका उप-महाप्रबन्धक सुदिप कुमार दाहाल र साम्बाले हस्ताक्षर गरेका थिए । बैकका कार्यकारी अधिकृत गोबिन्द गुरुङले बैंकका सेवा तथा सुबिधाहरु आजजनतामा पुर्याउन तथा बैंकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पनि अन्तर्राष्ट्रिय ख्यातीपप्राप्त खेलाडीलाई ब्रान्ड एम्बेसडरमा पुन सम्झौता गरेको बताउनुभयो ।
त्यस्तै बिभागका प्रमुख सरिता दाहालले यो सम्झौताले बित्त र खेलकुदकुल बीच सहकार्य मात्र नभई खेलकुदमा महिला शशक्तिकरणमा जोड दिने समेत बिस्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम साबित्रा भण्डारीले कृषि बिकास बैंकले बिश्वास गरि पुन सम्झौता भई सद्भावनादूत हँदा थप हौसला मिलेको बताइन् ।
सम्झौताअनुसार साम्बाले ब्रान्ड एम्बेसडरका रूपमा रहेर बैंकको सेवा सुबिधाहरुको प्रचारमा सहयोग गर्नेछन्। सो बापत बैंकले बार्षिक पारिश्रामिक उपलब्ध गराउनेछ ।
७ भदौ २०८२, शनिबार
28
Shares





