१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सेयर बजारमा उत्साह, सात अर्बको सेयर कारोबार



काठमाडौं । सेयर बजारमा उत्साह देखिएको छ । आज धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ४७.२२ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १.८१ प्रतिशतले बढेर २६४७.४४ विन्दुमा बन्द भएको हो ।

यस दिन काराबोर रकम पनि बढेको छ । सात अर्ब तीन करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार ९मंसिर ७० ६ अर्ब २८ करोड ६७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

२१५ कम्पनीको सेयर मूल्य बढेको छ । ३७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

झापा इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ३ : २८ बजे