काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
सोमबार (मंसिर २९) सुन प्रतितोला १९ सय रुपैयाँले बढेर दुई लाख ५८ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन दुई लाख ५८ हजार ८०० रुपैयाँ कायम थियो । आइतबार पनि प्रतितोला २२ सय रुपैयाँले बढेको थियो ।





