१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

बजारबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपयाँ निक्षेप संकलन उपकरण जारी गर्न लागेको छ ।

१६ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल आज (पुस ९) हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।

बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । साँवा र ब्याज भुक्तानी भने यही पुस २७ गते हुने बताइएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  १२ : २३ बजे