३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सुनको मूल्य तोलामा ८ हजारले घट्यो



काठमाडौं । लगातार मूल्य बढेर नयाँ रेकर्ड राखेको सुन बजार आज भने गिरावट आएको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर तीन हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ११ : ०२ बजे