काठमाडौं । लगातार मूल्य बढेर नयाँ रेकर्ड राखेको सुन बजार आज भने गिरावट आएको छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर तीन हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।





