४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

काठमाडौँ सभापति कृष्ण बानियाँ भने- विशेष महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई स्वागत



काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज)ले महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गरेका छन् । बानियाँले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै वक्तव्य जारी गरेका छन् ।
उनले लेखेका छन् , नेपाली कांग्रेसका ५४।५८५ महाधिवेशन प्रतिनिधिहरूको विधिवत माग बमोजिम विधानको धारा १७९२० अनुसार मिति २०८२ पुस २७ र २८ गते भृकुटीमण्डपमा दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुने भएकोले सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई यस ऐतिहासिक विशेष महाधिवेशनमा भाग लिन आह्वान गर्दै देशको राजधानी काठमाडौंमा हार्दिक स्वागत गर्दछु एवं विशेष महाधिवेशनको ऐतिहासिक निर्णयसहित भव्य सफलताको कामना गर्दछ’ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहिबार  ८ : ५७ बजे