१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

विशेष महाधिवेशनबाट नेतृत्व चयन हुँदा पार्टी फुट्दैन : शर्मा



काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी नफुटेको बताएका छन् ।

बिहीबार सञ्चारकर्मीसँग निर्वाचन आयोगमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

विशेष महाधिवशेन सफल भएको दाबी गर्दै शर्माले महाधिवेशनले लिएको दृष्टिकोण र नेतृत्व परिवर्तनबारे निर्वाचन आयोगलाई जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताए ।

“नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन सफल भएको छ । यसले देशका लागि जुन दृष्टिकोण पारित गरेको छ, सँगैमा नेतृत्व पनि परिवर्तन गरिसकेको छ । यसबारेमा निर्वाचन आयोगलाई अद्यावधिक गराउन जानकारी गराएका छौँ । कांग्रेसले नै विशेष महाधिवेशन गरेर नेतृत्व चयन गर्दा पार्टी फुट्दैन ।”

उपसभापति शर्माले विशेष महाधिवेशनको म्यान्डेटबारे आयोगमा अद्यावधिक गर्न आयोगलाई जानकारी गराइएको बताए ।

प्रकाशित मिति : १ माघ २०८२, बिहिबार  ५ : ४५ बजे