१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

चार दिन बढेको सेयर बजारमा पाँचौ दिनमा गिरावट



काठमाडौं । यो साता लगातार चार दिन बढेको सेयर बजारमा आज भने गिरावट आएको छ । अघिल्ला चार कारोबारमा बढेको सेयर बजार बुधबार (माघ ७) घटेको छ । यस दिन बजार ९.४३ अंकले घटेको हो । योसँगै बजार २७०५.३८ विन्दुमा कायम भएको छ ।

बजार घट्दा ८२ कम्पनीको सेयर मूल्य बढेको छ । १७४ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर छ ।

आठ अर्ब ९२ करोड ३६ लाख ५० हजार ३४६ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । दुई करोड १६ लाख ४१ हजार ८८३ कित्ता सेयर ८९ हजार ७६६ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ४ : ०८ बजे