काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका लागि तयार बताएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार वालेन साह बालेनले त्यसको कडा प्रतिवाद गरेका छन्। ओलीको पोस्टमा प्रतिक्रिया दिँदै बालेनले ओलीसँग एउटै मञ्चमा उभिएर बहस गर्न अस्वीकार गर्दै गम्भीर आरोपहरू लगाएका छन्।
बालेनले सन् २०२५ सेप्टेम्बर (२०८२ भदौरअसोज) को जेन–जीु आन्दोलनका क्रममा भएको हिंसात्मक घटनालाई स्मरण गराउँदै ओलीमाथि ७६ जना बालबालिकाको हत्याराु भएको आरोप लगाएका छन्। उनले २३ गते भएको भनिएको हत्या र दमनलाई लुकाउन २४ गते भौतिक संरचना जलाउने कार्य गरिएको दाबी गर्दै ओलीलाई आफूलाई कहिले आतङ्कवादी स्वीकार गर्नेरुू भनी प्रतिप्रश्न गरेका छन्। हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ, बालेनले फेसबुकमा लेखेका छन्।
यो विवादले आगामी निर्वाचनको पूर्वसन्ध्यामा नेपालको राजनीतिलाई थप ध्रुवीकृत बनाएको छ। एमाले सचिवालयले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ भने रास्वपाले बालेनलाई र नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्।





