१७ श्रावण २०८३, आइतबार | Mon Aug 3 2026

कांग्रेसको मधेष सभा गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगत,यस्तो छ कारण



काठमाडौँ । नेपाली कांग्रेसको मधेष सभा गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगत भएको छ । माघ १६ गते जनकपुरमा गर्ने भनेको मधेस सभामा गगन थापा सहभागी हुने कार्यक्रम तय भएतापनि नहुने भएको हो।

निर्वाचन आचारसंहिता लागू भइसकेको र फागुन ४ अघि उम्मेदवारहरूले प्रचारप्रसार तथा कुनै पनि सभा जुलुस गर्न नपाउने निर्वाचन आयोगले बताएपछि कांग्रेसले मधेस सभाको मिति सारेको हो।

प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अघिल्लो दिनदेखि आयोगले आचारसंहिता लागू गरेको थियो। मनोनयन दर्ता माघ ६ गते भएको थियो।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ११ : २१ बजे