१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

हिमपातले अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो



जुम्ला I हिमपातले अवरुद्ध रारा ताल जाने पर्यटकीय माग नाग्म–गमगढी सडक सञ्चालनमा आएको छ । 

कर्णालीमा शुक्रबार राती देखी भएको हिमपातले अवरुद्ध भएको नाग्म–गमगढी सडक चार दिनपछि सञ्चालनमा आएको हो । 

सडक डिभिजन कार्यालय जुम्लाले डोजर लगाएर नाग्म गमगढी सडक खुलाएको छ । नाग्म गमगढी सडक खण्डको सातमाड क्षेत्रमा डेढ फिट भन्दा धेरै हिउँ जमेको थियो । जसले साना ठूला सवारीसाधन आवतजावतमा कठिनाइ थियो । मुगु हुँदै सुर्खेत नेपालगन्ज जाने यात्रु तथा पर्यटकहरू रोकिएका थिए । 

प्रकाशित मिति : १३ माघ २०८२, मंगलबार  २ : ३९ बजे