२९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026

रौतहट ४ मा बढ्दै तिमल्सिनाको पक्षमा जनलहर,कांग्रेसमा प्रवेश गर्ने बढे



रौतहट । रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिनाको पक्षमा जनलहर बढ्दै गएको छ । मंगलबार चन्द्रपुर ३ गैँडाटारमा तिमल्सिनालाई समर्थन गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताले तिमल्सिनालाई समर्थन जनाउँदै पार्टी प्रवेश गरेर उम्मेदवार तिमल्सिनाको जनलहरलाई समर्थन गरेका हुन् ।

एमालेका सुरेश कुमार राई,मुना अधिकारी,लक्ष्मी आचार्यसहित नेकपाका लोकेन्द्र राई, तुल्सी राई,आइते राई, सुश्मिता आचार्यले कांग्रेस उम्मेदवार तिमल्सिनालाई समर्थन जनाउँदै कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूले उम्मेदवार तिमल्सिनालाई समर्थन गर्दै कांग्रेस रोजेको र चुनावी अभियानमा लागेको बताएका छ्न् ।

सस्तो लोकप्रियता कमाउन नयाँ दलहरूले अनेक हत्कण्डा प्रयोग गरे पनि जनमत कांग्रेसकै रहेको युवा नेता सुमन गौतमले बताए ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार  ८ : ५० बजे