काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसला स्वीकार्य भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखिएपछि उनले सामाजिक सञ्जाल एक्समा यस्तो टिप्पणी गरेका हुन् ।
“बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेटबाट आउँदै गरेको रास्वपालाई स्वागत,” शर्माले लेखेका छन्, “०७९ मै प्रस्तुत संकेतका दृष्टिले यो अप्रत्याशित होइन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मूल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ ।”





