काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार शिशिर खनाल निर्वाचित भएका छन् । उनी २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सबुज बानियाँले ६ हजार ६४७ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर २१ हजार ७२ रह्यो ।





