सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरीका चारै क्षेत्रमा उल्लेख्य संख्यामा मत बदर भएको छ । सुनसरी–१ मा चार हजार ४८९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, सुनसरी–२ मा ६ हजार २२९ मत बदर भएको छ । सुनसरी–३ मा पाँच हजार ६११ र सुनसरी–४ मा ६ हजार ६७४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यी सबै जोड्दा सुनसरीमा कुल २३ हजार तीन मत बदर भएको देखिएको छ ।
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता रहेकामा तीन लाख ६८ हजार ६५९ मत खसेको थियो ।
मतपत्रमा एकभन्दा बढी चिह्न लगाउँदा, सही तरिकाले छाप नलगाउँदा वा मतपत्र क्षति पुग्दालगायत कारणले मत बदर हुने निर्वाचन आयोगले जनाएको छ ।





