काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटकको निर्वाचनमा आफूले अपेक्षा गरेजस्तो परिणाम हासिल नभएको बताएका छन् ।
उनले आज बिहान सामाजिक सञ्जालमार्फत उनले जनताको मतलाई आफूले पूर्ण सम्मानका साथ स्वीकार गरेको जनाएका छन् । “निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर, जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,” उनले लेखेका छन् ।
“जनताकै लागि काम गरिरहनेछौँ र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ,” उनले भनेका छन् ।





